४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो।  

आज चाँदीको भाउ पनि घटेको छ। बुधबार तोलाको १ हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १ हजार १५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।  

प्रकाशित: ५ श्रावण २०७९ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App