१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कार, जीपलाई २० लिटर र मोटरसाइकललाई ५ लिटर इन्धन दिन निगमको सिफारिस

नेपाल आयल निगमले इन्धनको खपत नियन्त्रण गर्न सवारी साधनहरुलाई अड्कलेर कम परिणाममा पेट्रोल दिने भएको छ। निगमले इन्धन खपत र मूल्य बढ्दै गएको तथा त्यसका लागि आवश्यक आर्थिक स्रोत भने नजुटेकाले यस्तो व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको हो।

इन्धनको मूल्य बढेको र सरकार त्यो रकम तिर्न नसक्ने अवस्था पुगेको भन्दै निगमले दुई पाङग्रे र साना सवारी साधनलाई कम मात्रामा पेट्रोल दिने उपाय सुझाएको छ। निगमले सोमबार सरकारलाई इन्धन खपत घटाउने योसहित १० उपायहरु सरकारलाई सुझाएको छ। यीमध्ये कम परिणाममा पेट्रोल दिने एउटा सुझाव हो।

निगमको सोमबारको बैठकले जीप र कारलाई एक पटकमा बढीमा २० लिटर र मोटरसाइकललाई ५ लिटर पेट्रोल मात्र दिन सिफारिस गरेको हो। यसैगरी शनिबारका दिन देशका प्रमुख सहरमा सवारी साधन निषेध गर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ।

साथै निगमले डिजेल र पेट्रोलका गाडी आयातमा प्रतिबन्ध लगाउन, जोर/बिजोर प्रणाली कार्यान्वयन गर्न, छोटो दुरीमा सवारी साधन प्रयोग नगर्न/नगराउन, ढुवानीका सवारी साधन पूर्ण क्षमतामा मात्र चलाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

यसैगरी आइतबारको बिदा नियमित गर्ने विषयमा पुनः विचार गर्न पनि सुझाएको छ। सरकारले यसअघि चैत १३ गते पनि इन्धन खपत गराउन आइतबार बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। र, सरकारले केही दिन यसलाई निरन्तरता दिएपनि पुनः आइतबारको बिदा हटाएको थियो। आइतबार बिदा दिँदा इन्धन खपत घटेको इन्धनका पदाधिकारीले बताउदै आएका थिए।

प्रकाशित: २० असार २०७९ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App