काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट विनियोजन गरेको छ।
कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको बताइन्। यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।
बजेट प्रस्तुत उपमेयर सुनिता डंगोललेले गरेकी थिईन्।
प्रकाशित: १० असार २०७९ १०:११ शुक्रबार