वाणिज्य बैंक उपसमूहको सूचक आकासिएपछि नेप्सेले सात वर्षयता पहिलो पटक ११ सयको तह पार गरेको हो। गत वर्ष नेप्से १ हजार नाघेको थियो। सोही समयमा राष्ट्र बैंकले 'हेल्ड फर ट्रेडिङ'लाई एक प्रतिशतमा सीमित गर्ने नीति ल्याएपछि नेप्से आरोलो लागेको थियो।
त्यस यता उतारचढाव देखिएको बजार राष्ट्र बैंकले वाणिज्य बैंक लगायत वित्तीय संस्थाहरुको चुक्ता पुँजी दुई वर्षभित्र बढाउनु पर्ने नीति ल्याएपछि बुलिस टे«न्डमा गएको हो। संविधान निर्माणको सुनिश्चितता, वाणिज्य बैंकले पूँजी बढाउनका लागि बोनस र हकप्रद सेयर जारी गर्ने आशाका कारण बजारमा खरिदको चाप बढेको विश्लेषकहरुको भनाइ छ।
एक वर्षको नेप्से उतार चढाब
वाणिज्य बैंक उपसमूह आइतबार ३२.७९ अंकले वृद्धि हुँदा बजारलाई माथि धकेलिएको हो। आइतबार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, ग्लोबल आईएमइ बैंक, स्टान्र्ड चार्टर्ड बैंक, शिखर इन्योरेन्स, बुटवल पावर कम्पनी लगायतले सबैभन्दा बढी कमाएका छन्।
कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक गर्ने समय तथा बैंकहरुसँग रहेको अत्यधिक तरलताले सुलभ ऋण पाउँदाको असरका कारणले पनि बजारले उकालो गति लिएको हो।
नेप्से २०६५ भदौ १५ गते सबैभन्दा उच्च ११ सय ७५.३८ मा पुगेको थियो। २०६८ असार १ गते सबैभन्दा कम २ सय ९२.३१ विन्दूमा ओर्लिएको थियो।
यो पटक नेप्सेले सात वर्षअघिको विन्दूलाई उछिन्ने विश्लेषकहरुको बुझाइ छ।
'पहिला पहिला बजार वृद्धि हुँदा बढेको केही दिनपछि घट्ने हुन्थ्यो', नेपाल स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष अञ्जन राज पौडेलले नागरकिन्युजसँग भने, 'पछिल्ला दिनहरुमा बजार निरन्तर बढिरहेको छ। यही टे«न्ड पछ्यायो भने बजारले उच्च अंकको कीर्तिमान बनाउने देखिन्छ।'
आइतबारदेखि सबै बैंकका सेयर कारोबार डिम्याट सिस्टमबाट मात्र गरिएकाले सेयरको आपूर्तिमा कमी र माग वृद्धिका कारणले पनि मूल्य बढ्ने अनुमान गरिएको छ। 'यसले पनि बजार बढाउनमा सहयोग पुगेको छ', उनले थपे।
प्रकाशित: ३१ श्रावण २०७२ ०३:५४ आइतबार