१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नयाँं वर्ष निर्माण सामाग्रीमा हरित क्रान्तिको वर्ष होस्: कवां

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका अध्यक्ष विश्वराम कवांले नयाँं वर्ष २०७९ निर्माण सामग्रीमा हरित क्रान्ति होस् भनी कामना गरेका छन्। प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामग्रीभन्दा प्रकृतिलाई संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोग गर्न उनले जोड दिएका छन्।

प्रालिको कर्पाेरेट अफिस राधेराधे भक्तपुरमा नयाँंवर्ष २०७९ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कवांले २०७९ साल वातावरणको संरक्षण गरी बनेका इको प्यानलको प्रयोगमय वर्ष होस् भनी कामना गरे। निर्माण सामग्रीमा हरित क्रान्ति भन्ने मूल नाराका साथ प्रालिले गोर्खा इको प्यानलको उत्पादन गर्दै आएको छ।

कार्यक्रममा प्रालिका निर्देशकद्वय कृष्णराम देउपाला, हरिराम बुयोले अहिलेको युग आधुनिक निर्माण सामग्री प्रयोग गर्ने युग भएको बताए। गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सुरेश कवां, महाप्रबन्धक जीवन खाइतूले गोर्खा इको प्यानल देशका ७० जिल्लामा पुगेको जनाए।

गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिद्वारा उत्पादित नयाँं निर्माण सामाग्री हो। यो स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने निर्माण सामग्री हो। भूकम्पप्रतिरोधी, हलुका, वातावरणमैत्री भएकाले यसको लोकप्रियता देशभरि नै छ।

प्रकाशित: ३० चैत्र २०७८ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App