१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल बैंकको वित्तीय विवरण सार्वजनिक

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार नेपाल बैंकको निक्षेप १ खर्ब ८३ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ।

निक्षेप संकलन तथा कर्जा लगानीमा पनि बैंकले आक्रामक वृद्घि गरेको जनाउँदै निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्घि गरेको बताएको छ। त्यस्तै, बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्ब ४१ करोड ७० लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  

सो मुनाफा गत आवको सोही अवधिकोे भन्दा करिब पाँच प्रतिशतले बढी रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद कमिसन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ। बैंकले खराब कर्जाको अनुपातलाई  पनि उल्लेखनीय रूपमा घटाउन सफल भएको देखिएको छ। गत आवको दोस्रो त्रैमाससम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकामा यो आवको दोस्रो त्रैमासमा त्यसमा उल्लेखनीय रूपमा कमी आई १.९१ प्रतिशत पुगेको छ।

प्रकाशित: ११ माघ २०७८ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App