२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा लगानीका लागि आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गरेका छन्। लगानी बोर्डको कार्यालयमा स्थापना भएको इन्भेस्टर्स लन्ज (लगानीकर्ता कक्ष) को उद्घाटनका क्रममा बोल्दै मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै कानुनले भ्याएसम्म सुविधा दिन सरकार तयार रहेकाले ढुक्कले लगानी गर्न आह्वान गरेका हुन्।

नेपालमा लगानीका प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले विकासकर्ताले जतिसक्दो चाँडो परियोजना सम्पन्न गर्नसमेत आग्रह गरे। परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे सरकारलाई लगानीकर्ताले समयमै जानकारी गराउन आग्रह गर्दै मन्त्री शर्माले लगानीकर्ता कक्षले लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध गराएर नेपालमा लगानीका हरेक पक्षबारे अद्यावधिक जानकारी गराउने र कक्षको सुविधा तथा क्षमता विस्तार गर्दै लगिने उल्लेख गरे।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीकर्तालाई नेपालमा लगानीका अवसरबारे जानकारी दिने तथा सहजीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले लगानीकर्ता कक्ष स्थापना भएको बताउँदै यसलाई चाँडै नै एकल बिन्दु सेवासँग आबद्ध गरिने जनाए। उनले लगानीकर्ताको सेवालाई केन्द्रित गरी लगानी बोर्डले अगाडि बढाएका गतिविधिमध्ये लगानीकर्ता कक्षको स्थापना पनि रहेको उल्लेख गर्दै यसको शुभारम्भ लगानी बोर्डको १०औं वार्षिकोत्सव कार्यक्रमको एक हिस्साको रूपमा समेत रहेको बताए।

प्रकाशित: २० पुस २०७८ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App