नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ। विद्युत् नियमन आयोगले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक र व्यापारिक क्षेत्रको डिमान्ड शुल्क केही वृद्धि गरिएको बताए।
प्राधिकरणले १३२ केभीको औद्योगिक ग्राहकको डिमान्ड शुल्क सय रूपैयाँ बढाउने प्रस्ताव गरेको छ। यसअघि त्यस्ता ग्राहकको डिमान्ड शुल्क प्रतिमहिना दुई सय २० रूपैयाँ थियो। अब प्रतिमहिना ३३० रूपैयाँ प्रस्ताव गरिएको छ।
प्राधिकरणले ६६ केभीको औद्योगिक ग्राहकको प्रतिमहिना २४० रूपैयाँ डिमान्ड शुल्क रहेकोमा अब ३४० रूपैयाँ प्रस्ताव गरेको छ। प्राधिकरणले ठूला औद्योगिक क्षेत्रमा मात्रै नभएर मझौला खालका ३३ केभीको ग्राहकको डिमान्ड शुल्क पनि बढाउने प्रस्ताव गरेको छ। प्राधिकरणले यसअघि औद्योगिक ग्राहकलाई प्रतिमहिना २५० रूपैयाँ लिने गथ्र्याे।
प्रकाशित: १५ आश्विन २०७८ ०२:४७ शुक्रबार