१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु

फाइल तस्बिर

गोर्खा इको रेड ब्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन पुनः सुरु गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, बासडोलस्थित उद्योगबाट पुनः इँटा उत्पादन थालेको हो।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णराम देउपालाले उपभोक्ताको माग बमोजिम पुनः इँटा उत्पादन सुरु गरेको जनाए। कम्पनीले पहिलोपटक २०७६ मंसिरबाट इँटा उत्पादन थालेको थियो। तर कोभिडका कारण उद्योग बन्द गर्नुपरेको थियो। उत्पादनसँगै देशभरि इँटाको बिक्रीवितरण पनि थालेको कम्पनीले जनाएको छ। 

ग्राहकलाई गुणस्तरीय तथा सस्तो दरमा इँटा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कम्पनीका इँटाको चारवटै सतह चिल्लो हुन्छ। काँचो इँटा बन्ने क्रमदेखि पोलेको इँटा तयार हुँंदासम्मको सबै प्रक्रिया मेसिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इँटाको चारवटै सतह चिल्लो हुने जनाइएको छ।  

प्रकाशित: ३ भाद्र २०७८ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App