४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किराना पसल साविक बमोजिम खोल्न पाउनुपर्ने माग

किराना व्यवसायीहरुले साविक बमोजिम नै पसल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोभिड १९ महामारीको संक्रमणलाई घटाउन र जारी निषेधाज्ञालाई कडाइ गर्नका लागि किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय भएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै साविक अनुसार सञ्चालनको माग गरेका हुन्।

उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासनको निर्णयप्रति नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको जनाएको छ।  

व्यवसायीहरुले किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई असर गर्ने उल्लेख गर्दै किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अतिआवश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाई सुलभ आपूर्ति नहुने जनाएका छन्।  

सरकारले तोकेको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्था गर्न पनि नेपाल चेम्वर अफ कमर्सले अनुरोध गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App