१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरोनाले प्रतिव्यक्ति आम्दानीमा धक्का

कोरोना महामारीका कारण नेपालीको आम्दानीमा धक्का लागेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोगले कोरोना महामारीले पारेको असरबारे गरेको अध्ययनमा यस्तो तथ्य फेला परेको हो । आयोगका सदस्य तथा प्रवक्ता मिनबहादुर शाहीले सोमबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०७६/७७ मा नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ६७ अमेरिकी डलरमा सीमित भएको उल्लेख छ।  

आव २०७५/७६ मो प्रतिव्यक्ति आम्दानी एक हजार ३९ अमेरिकी डलर रहेकोमा यो वर्ष सरकाले प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको थियो। कोरोना महामारीमा सर्वसाधारण महँगीको मारमा भने पर्न नपाएको प्रतिवेदनले देखाएको छ। यस्तो बेला बजारमा माग कम भएको र तीनवटै तहका सरकारले आपूर्ति व्यवस्थापन प्रभावित नहुने गरी काम गरेको प्रतिवेदनमा उल्लेख छ।  

त्यस्तै, अध्ययनमा आव २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने उल्लेख छ। अध्ययनले चालु आर्थिक वर्षमा समेत अर्थतन्त्र प्रभावित हुने प्रक्षेपण गरेको छ। संक्रमण लामो समय कायम भई अवरोध रहेमा आर्थिक वृद्धि ३.८ प्रतिशतमा झर्न सक्ने औंल्याइएको छ। विश्व बैंकले भने सन् २०२१ मा पहिलो प्रतिवेदन सार्वजनिक गर्दै नेपालले चालु आवमा ०.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने यसअघि नै प्रक्षेपण गरिसकेको छ।  

गरिबी चार प्रतिशतले बढ्यो

आयोगका अनुसार कोरोनाका कारण चार प्रतिशतले गरिबी बढेको छ। थप १२ लाख जनसंख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको छ। कोभिडले २०७९ सम्म अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने अुनमान छ। आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आयोगले जनाएको छ।

प्रकाशित: ७ माघ २०७७ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App