२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘गाँजाखेतीलाई वैधानिक बनाएर कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको सुरूवात गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेशमार्फत टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। साथै उनले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको समेत सुरूवात गर्नुपर्ने बताएका छन्।  

विघटित प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई व्यवहारमा नै लागू गर्न वैधानिक गाँजाखेती र कोदोको ब्रान्डिङ रक्सी महत्वपूर्ण कडी हुनसक्नेतर्फ ध्यानाकर्षण गराएका छन्।

उनले गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको पनि स्मरण गराएका छन्। उनले मुलुकको समृद्धिका लागि लामो अनुसन्धान पश्चात गाँजाखेतीलाई वैधानिक बनाउन संसदमा उक्त विधेयक दर्ता गरेको पनि जनाएका छन्।  

तामाङले उक्त विधेयक संसदको हिउँदे अधिवेशनबाट पारित हुनेमा आफू विश्वस्त रहेको भएपनि संसद विघटन भएको प्रति चिन्ता व्यक्त गरेका छन्। ‘नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई हानिकारण लागु औषधको सूचिबाट हटाउने पक्षमा मतदान गरेर पारित समेत भैसकेको परिप्रेक्षमा हाम्रा लागि संसदको हिंउँदे अधिवेशन महत्वपूर्ण हुन सक्दथ्यो,’ उनले लेखेका छन्,‘तर दुर्भग्यावस संसद विघटन हुन पुगेको छ।’

प्रकाशित: ९ पुस २०७७ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App