१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्सको मोबाइल बैंकिङ पिन आफैं रिसेट गर्न सकिने

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधा सुरु गरेको छ । हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकलाई सहज रूपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सेवा सुरु गरेको  जनाएको छ ।

साथै, कोभिड १९ को त्रास अझै कायम रहेकाले सिटिजन बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कार्ड लगायत विद्युतीय भुक्तानीका माध्यममा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २९ आश्विन २०७७ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App