नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडल नेपाली बजारमा ल्याएको छ। १०–स्पिड स्वचालित ट्रान्समिसन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डिजेल इन्जिन राखिएको कम्पनीले जनाएको छ।
१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ सेवा, उत्कृष्ट पर्फर्मेन्सका साथ २०२० एन्डेभर एसयुबी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभुत्व स्थापित गर्ने कम्पनीको विश्वास छ।
उत्कृष्ट पर्फर्मेन्स र अनुकूल मूल्यका साथ नेपाल भित्रिएको कम्पनीको दाबीसहित विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी रहेको र यसमा चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा रहेको कम्पनीले जनाएको छ।
पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले पनि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। गाडीमा सात एयरब्याग, गाडीभित्रको ध्वनि उत्सर्जन कम गर्ने नोइज क्यान्सिलिङ प्रविधि प्रयोग गरिएको छ।
२०२० फोर्ड एन्डेभरमा उन्नत २.० इकोब्लू डिजेल इन्जिन प्रयोग गरिएको छ। यसले १७० पिएस पिकपावर र ४२० टर्कका साथ १२.४ किलोमिटर प्रतिलिटर माइलेज दिने जनाइएको छ। आवश्यक ट्रान्सफर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्विल ड्राइभ सिस्टम प्रयोग गरिएको छ।
गाडीलाई हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडक, बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानेजमेन्ट सिस्टम (टिएमएस)ंको प्रयोग गरिएको छ। सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयर ब्यागसहित यस कारमा सातवटा एयरब्याग राखिएको र गाडीमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता रहेको जनाइएको छ।
तीन वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी रहेको यो गाडीको मूल्य एक करोड ४९ लाख रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।
प्रकाशित: २२ असार २०७७ ०३:४१ सोमबार