१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धि सुदूरपश्चिमको उच्च, बागमती कम

चालु आर्थिक वर्ष ०७६/०७७ मा सुदुर–पश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहेको छ।  कोभिड–१९ को प्रभावले सबै प्रदेशको आर्थिक वृद्धि खुम्चीएपनि गत आवको तुलनामा चालु आवमा सुदुर–पश्चिम प्रदेशले सबैभन्दा अधिक आर्थिक वृद्धि गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नितीको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन अनुसार चालु आवमा सबैभन्दा बढी आर्थिक वृद्धि सुदूर–पश्चिम र सबैभन्दा कम बागमती प्रदेशको रहेको छ।  

प्रतिवेदन अनुसार चालु आवमा सुदुर–पश्चिम प्रदेशको ४ दशमलव ०८ प्रतिशत आर्थिक वृद्धि रहेको छ। गष्त आवको सो अवधीमा ६ दशमलव ९० प्रतिशत आर्थिक वृद्धि रहेको सुदूर–पश्चिमको आर्थिक वृद्धि कोभिड–१९ का कारण खुम्चीएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

त्यसैगरी, सुदुर–पश्चिम प्रदेशले चालु आवमा कूल ग्राहस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओटगेको छ। उक्त अंश गत आवको तुलनामा करिब दशमलव २ प्रतिशत कम हो। गत आवमा सुदर–पश्चिम प्रदेशले ७ दशलमव २ प्रतिशत ग्राहस्थ उत्पादनमो योगदान रहेको थियो।  

राष्ट्र बैंकका अनुसार चालु आवमा कर्णाली प्रदेशकको आर्थिक वृद्धि ३ दशमलव ५८ प्रतिशत रहेको छ। गत आवमा ८ दशमलव १० प्रतिशत आर्थिक वृद्धि थियो।  

कर्णाली प्रदेशले चालु आवमा कूल ग्राहस्थ उत्पादनको ४ दशमलव ३ प्रतिशत हिस्सा ओगटेको छ। गत आवको सोही अवधीमा कर्णाली प्रदेशले ४ दशमलव २ प्रतिशत ग्राहस्थ उत्पादनमा योगदान थियो।  

त्यसैगरी, प्रदेश नम्वर १ को आर्थिक वृद्धि ३ दशमलव ४१ प्रतिशत रहेको छ। गत वर्ष ७ दशमलव ४० प्रतिशत आर्थिक वृद्धि गरेकोमा चालु आवमा लकडाउनका कारण आर्थिक वृद्धि खुम्चीएको हो।  

सो अवधीमा प्रदेश नम्वर १ को कुल ग्राहस्थ उत्पादनको १५ दशमलव ८ प्रतिशत योगदान रहेको छ। गत आवमा प्रदेश नम्वर १ को १५ दशमलव ७ प्रतिशत योगदान थियो।  

गण्डकी प्रदेशको चालु आवमा २ दशमलव ६८ प्रतिशत आर्थिक वृद्धि रहेको छ। गत आवमा ६ दशमलव ६५ प्रतिशत आर्थिक वृद्धि गरेको गण्डकी प्रदेशको समेत चालु आवमा आर्थिक वृद्धि खुम्चीएको हो।  

सो अवधीमा गण्डकी प्रदेशको कूल ग्राहस्थ उत्पादनमा योगदान समान हरेको छ। गत आवमा कूल ग्राहस्थ उत्पादनको ८ दशलमव ९ प्रतिशत योगदान गरेको गण्डकी प्रदेशको चालु आवमा पनि समान योगदान रहेको राष्ट्र बैंकले जनाएको छ।  

त्यसैगरी, प्रदेश नम्वर २ को आर्थिक वृद्धि २ दशमलव २८ प्रतिशत रहेको छ। गत आवमा प्रदेश २ ले ८ दशमलव १२ प्रतिशत आर्थिक वृद्धी गरेको थियो।  

प्रदेश नम्वर २ को चालु आवमा कूल ग्राहस्थ उत्पादनको १३ दशमलव ८ प्रतिशत योगदान रहेको छ। गत आवमा १३ दशमलव ६ प्रतिशत थियो।  

प्रदेश ५ ले चालु आवमा २ दशमलव शून्य प्रतिशत आर्थिक वृद्धि रहेको छ। गत आवमा ६ दशमलव ७८ प्रतिशत आर्थिक वृद्धि गरेको प्रदेश नम्वर ५ को कोरोना संक्रमणका कारण अर्थिक वृद्धि घटेको हो।  

सो अवधीमा प्रदेश नम्वर ५ ले कूल ग्राहस्थ उत्पादनमा करिब १४ दशलमव २ प्रतिशत योगदान रहेको छ। गत आवमा पनि प्रदेश नम्वर ५ को योगदान समान थियो।  

राष्ट्र बैंकका अनुसार चालु आवमा सबैभन्दा कम बागमती प्रदेशको १ दशमलव २३ प्रतिशत आर्थिक वृद्धि रहेको छ। गत आवमा ६ दशलमव ४० प्रतिशत आर्थिक वृद्धि गरेको बागमती प्रदेशको चालु आवमा आर्थिक वृद्धि घटेको हो ।  

तर, सो अवधीमा कूल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहेको छ। गत आवमा ३६ दशमलव ४ प्रतिशत कूल ग्राहस्थ उत्पादनमा योगदान गरेकोमा चालु आवमा ३५ दशमलव ८ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ।  

कोभिड–१९ का कारण मुलुकको आर्थिक वृद्धि २ दशमलव २८ प्रतिशतमा खुम्चीने प्रारम्भीक अनुमान रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।  

उनका अनुसार चालु आवमा महामारीका कारण उत्पादन तथा आपुर्ति प्रणाली प्रभावित भई अर्थतन्त्रका सबै क्षेत्रमा असर गरेकाले कृषि, गैर कृषि, उद्योग, सेवा लगायतका क्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहने समेत उनले बताए।  

 

 

 

 

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App