१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कागतीको पकेट क्षेत्र बनाइँदै

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ।

कागती उत्पादन गरेर किसानलाई आर्थिकरुपमा सवल बनाउन गाउँपालिकाले खोटेहाङ गाउँपालिका–८ सिमपानी, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारलाई पकेट क्षेत्रकारुपमा विकास गर्न कार्यक्रम सुरु गरेको हो।

सिमपानी र लिच्कीराम्चेका २५–२५ किसान आवद्ध दुईवटा कृषक समूहलाई समेटेर एउटा पकेट क्षेत्र तथा खोटाङ बजार र बड्का दियालेका दुईवटा कृषक समूहलाई समेटेर कागतीको अर्को पकेट क्षेत्र बनाउनेगरी काम थालिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। कागतीको व्यावसायिक कागती खेतीका लागि आर्थिक वर्ष ०७५/७६ मा कागतीका दुईवटा पकेट क्षेत्रलाई प्रतिपकेट क्षेत्र एक लाख ९० हजारका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

अनुदान पाएका पकेट क्षेत्रका किसानले हाल कागतीको बेर्ना उत्पादनको काम गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए। गाउँपालिकाको नौ वडामध्ये कागती उत्पादन हुने स्थान र सम्भावनालाई ध्यानमा राखेर पकेट क्षेत्रकारुपमा विकास गर्न लागिएको हो। यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई पनि कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आव तीन लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। खोटेहाङ गाउँपालिका–२ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रकारुपमा विकास गर्न यस आव दुई लाख बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: २७ पुस २०७६ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App