१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घोडेपानीमा पर्यटक खचाखच

गलेश्वर– राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन्।

विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन्।

मौसम प्रतिकूल भए पनि शरद ऋतुको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढीरहेकाले यहाँका होटल खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताए।

कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हँुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हँुदै घोरेपानी र नागी–महरेडाँडा हँुदै पुनहिलमा जानेमा अधिकांश चीन, वेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, बेलायत, भारतलगायतका मुलुकका पर्यटक भ्रमणका लागि आएका इलाका प्रहरी कार्यालयका प्रमुख गुरुङको भनाइ छ।

नौ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न नपाएका उनले बताए। ‘दैनिक ३५० को हाराहारीमा पर्यटक आउँछन्’, उनले भने।

समुदी सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मनोरम हिमशृखला,  मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन गर्न सकिन्छ। 

‘हामीले स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई थप आकर्षित गर्ने गछौं’ स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले भने। पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल व्यवसायी समितिले सरसफाइमा नमूना बनाउने प्रयास गरिरहेको छ।

पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ। विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९औँ दिनको सुन्दर गन्तव्य हो। रासस

प्रकाशित: १५ आश्विन २०७६ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App