काठमाडौं– निर्यात प्रवर्द्धन तथा वैदेशिक लगानीलाई भित्र्याउने मुख्य उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सले आगामी फागुनको दोस्रो साता 'नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्ने भएको छ।
नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुनको १३ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो। यस वर्ष भने एक्स्पोमा उपभोक्ता हितसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई पनि समावेश गर्ने तयारी गरिएको नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए।
एक्स्पोमा २ सय ५० वटा भन्दा बढि स्टलहरु रहने र त्यसमा ९० वटाजति स्टलहरुमा अन्तराष्ट्रिय कम्पनीहरु सहभागी हुनेछन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ५ दिनसम्म चल्ने एक्स्पोमा भारत, चीन, जापान, फ्रान्सलगायत मुलुकहरु सहभागी हुने पनि नेपाल चेम्बर अफ कमर्शले जनाएको छ।
प्रकाशित: १९ असार २०७६ १६:२४ बिहीबार