१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

देवानगन्जमा नेपाल इन्भेस्टमेन्ट बैंक

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ। देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। उक्त शाखाले करिब ५० हजार स्थानीयलाई वित्तीय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले काठमाडौं उपत्यकाभित्र २४ र उपत्यकाबाहिर ५६ शाखाबाट सेवा दिइरहेको छ। नयाँ खुलेको शाखामा केही दिनभित्रै एटिएम सेवा पनि सञ्चालनमा आउने जनाइएको छ। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायत बैंकका कर्मचारी र स्थानीयको उपस्थिति थियो।

 

प्रकाशित: ३० वैशाख २०७६ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App