काठमाडौं – सिद्धार्थ बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी सिद्धार्थ सजिलो बचत खाता सञ्चालनमा ल्याएको छ। यो योजना बैंक खाता नहुने नेपालीलाई लक्ष्य गरी सुरू गरेको बैंकले जनाएको छ।
यसअन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिनेछ। यसका अतिरिक्त उक्त खाता खोल्ने ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्ने सुविधा, निःशुल्क चेकबुक सुविधा र निःशुल्क एबिबिएस सुविधा पाउने जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ६ वैशाख २०७६ ०१:५५ शुक्रबार