६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुनको तस्करी सम्बन्धी जाँचबुझ आयोग: एआइजी र सहसचिवसहितलाई कारबाही सिफारिस

सुन तस्करीको अनुसन्धानमा कमजोरी गरेको भन्दै अनुसन्धानमा संलग्न रहेका प्रहरी र केही कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गठन गरिएको समितिले दिएको सुझावको आधारमा विभागीय कारबाही गर्न सिफारिस गरिएको हो। 

गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले प्रतिवेदन अध्ययन गरेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यसहित सहसचिव झलकराम अधिकारीलाई समेत कारबाहीको सिफारिस गरिएको छ।

रिजाल नेतृत्वको समितिले सोमबार नै आफ्नो राय बुझाएपछि उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको हो। मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले रिजाल नेतृत्वको समितिले राय दिइसकेको बताए।

उनका अनुसार रिजाल समितिले आयोगको प्रतिवेदन अध्ययन गरेर कुन कानुन आकर्षित हुन्छ भन्ने उल्लेख गरिएको छ।

‘रिजाल सरको समितिलाई दिएको कार्यादेश अनुसार नै सिफारिस गर्नु भएको छ, कारबाहीका लागि कसलाई कुन कानुन आकर्षित हुन्छ भन्ने कुरा उल्लेख छ, मन्त्रालयले यो विषयमा चाडै नै सम्बन्धित निकायलाई लेखी पठाउनेछ’, मन्त्रालयका प्रवक्ता एवं सहसचिव भट्टराईले भने।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतहरूले ६० किलो सुनको अनुसन्धान गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८१ १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App