१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मार्सी बचाउँदै सहकारी

जुम्ला– जुम्लाको पहिचानको रूपमा रहेको मार्सी धान संरक्षणमा यहाँको एक सहकारीले अग्रसरता देखाएको छ। लोप हुँदै गएको मार्सी धान संरक्षणाका लागि चन्दननाथ नगरपालिका– ५ मा रहेको चन्दननाथ बहुद्देश्य सहकारी संस्था लिमिटेड जुम्लाले मार्सी धान जोगाउन अभियान नै चलाएको हो। चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा मार्सी धानको खेती गरेर बीउ जोगाउने अभियान सुरु गरेको छ।

सबैभन्दा उच्च स्थानमा फल्ने काली मार्सी धान चन्दननाथ बाबासँग जोडिएकोले गुठीको जग्गामा मार्सी धान फलाएर निरोगी बीउ उत्पादन गर्न पहल भइरहेको सहकारीका प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए। उनका अनुसार खेतमा मार्सी धान रोपेर उत्पादित चामल सहकारीले नै सुपथ मूल्यमा बेच्नेछ। 

अहिले सुर्खेतमा सुपथ मूल्यको अग्र्यानिक पसल स्थापना गरेर मार्सी धानको चामल र बीउ बेच्दै आएको चन्दननाथ सहकारीले पछिल्लो समयमा आफैँ रोपेर मार्सी धान फलाउन थालेको हो।  मार्सी धान रोप्नको लागि खेतमा खनजोत भइसकेको छ। सिचाइँको प्रबन्ध, मलखाद्यको व्यवस्थापन हुनुका साथै खेतमा रोप्न आवश्यक पर्ने धानको बेर्नासमेत उमारीएको सहकारीले जनाएको छ। परम्रपारगत तालिका अनुसार नै मार्सी धानको बेर्ना राखिएको प्रबन्धक पाण्डे बताउँछन्। 

रोप्न, गोडमेल गर्न र जैविक विषादी छर्नको लागि सहकारीले छनौट गरेका समूहमा आवद्ध महिलालाई प्रयोग गरिने भएको छ। 
पछिल्लो समयमा रोग किराको संक्रमण बढेको छ।

धेरै मिहिनेत गर्दा पनि उत्पादन कमै हुने भएकोले जुम्लाबासीले मार्सी धान लगाउन छाडेका छन्। कृषि अनुसन्धान केन्द्रले सिफारीस गरेका उन्नत जातका धान तर्फ किसानको ध्यान जान थालेको छ। ‘कर्णाली प्रदेश सरकारले समग्र कर्णालीलाई अग्र्यानिक प्रदेशका रूपमा स्थापित गर्ने लक्ष्य बोकेअनुसार रैथाने धान बचाउने अभियानमा लागेका हौँ’, उनले भने,‘मार्सीधानलाई आवश्यक पर्ने सबै प्रकारको उपाय अपनाउछौँ।’

 

प्रकाशित: १७ चैत्र २०७५ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App