१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ओम र महालक्ष्मी सम्झौता

काठमाडौं– ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्झौता भएको छ। सम्झौतामा ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार ओमले देशभर रहेका आफ्ना ५३ शाखाबाट महालक्ष्मीको जीवनबिमा योजना बिक्री गर्नेछ। महालक्ष्मीले साबधिक, डबल साबधिक र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको थियो। कम्पनीले चैत मसान्तभित्र देशको २३ स्थानबाट सेवा दिने तयारी गरेको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App