१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर बजार परिसूचक बढ्दा कारोबार भने खुम्चियो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज भने सुधार  आएको छ। तर कारोबार भने खुम्चिएको देखिएको छ।  परिसूचक ६.६७ अंकले बढेर ११ सय ७७.४६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  
कारोबार परिमाणमा भने केही कमि देखिएको छ। आइतबार १३ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएकामा आज सोमबार ९ लाख १४ हजार २३९ कित्ता शेयरहरु ३० करोड १९ लाख ८७ हजार ६१६ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्पm उत्पादन मूलक र अन्य समूहबाहेक सबै समूह सूचक उकालो लागेको छन्। जीवन बिमा समूह ९२.६२ अंकले बढेको छ भने निर्जीवन बिमा समूह ८२.८८अंकले बढेको छ। बैंकिङ समूहमा ४.६४ अंकको बृद्दि देखिएको छ।
आजको कारोबारमा नेपाल बैंक लिमिटेडको ८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एनसीसी बैंकको १ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भए। तेस्रो उच्च कारोबार भएको नागरिक लगानी कोषका १ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।   

 

प्रकाशित: २३ पुस २०७५ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App