१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

केरामा भन्सार बढाइने

काठमाडौं– भारतबाट भित्रने केराका कारण नेपाली उत्पादनले बजार पाउन नसकेको निष्कर्षसहित सरकारले भारतबाट आयात हुने केरामा भन्सारदर बढाउने तयारी गरेको छ। यसका लागि आवश्यक गृह कार्य भइरहेको  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले बताएका छन्। 

केरा उत्पादक संघको ज्ञापनपत्र बुभ्mदै मन्त्री खनालले विजकीकरण हेरेर भन्सारको दर समायोजन गर्ने गृहकार्य भइरहेको बताए। केरा उत्पादकले भने हाल ५ प्रतिशत रहेको केरा आयातको भन्सारदर ३० प्रतिशत पुराउनु पर्ने माग गरेका छन्। व्यवसायीले कैलाली, कञ्चनपुर र बारालगायतका जिल्लामा ‘केरा जोन’ बनाउन पनि माग गरेका छन्। उनीहरुले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागू गरिनुपर्ने, कृषकलाई कृषि व्यवसायका लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनुपर्ने र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिँचाइ प्रविधिमा प्रयोग हुने पानीमा घुलनशील मलको व्यवस्था गरिनुपर्ने माग राखेका थिए ।
कैलाली, कञ्चनपुर, बाँके बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, चितवन, बारा, सर्लाही, मोरङ, सुनसरीलगायतका जिल्लामा करीब १८ हजार हेक्टरमा २५ हजार कृषकले व्यवसायीक केराखेती गरिरहेका छन् । सो खेतीबाट ५० हजार युवाले रोजगारी प्राप्त गरेका छन्। चितवन केरा उत्पादक संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले केराखेतीबाट वार्षिक झण्डै ७ लाख मेट्रिक टन केरा उत्पादन भइरहेको जानकारी दिए। 

प्रकाशित: ३ मंसिर २०७५ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App