२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई हुने छ यस्तो फाइदा  (भिडियो)

काठमाडौं- कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भयो। काठमाडौंमा हस्ताक्षर भएको उक्त समझदारी पत्रमा श्रममन्त्री गोकर्ण बिष्ट र मलेसियाका श्रममन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए। नेपाल र मलेसियाबीच भएको उक्तश्रम समझादारी पत्रमा के कस्ता कुरा समावेश छन् र ति सहमतिबाट नेपाललाई के कस्ता फाइदा होलान्? हामीले श्रम सम्झौताबाट नेपालीलाई फाइदा हुनसक्ने पाँच मुख्य बुंदा यहाँ प्रस्तुत गरेका छौं :    

१) समझदारी पत्र अनुसार अब रोजगारदाताले नै कामदार मलेसिया जाँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्नेछ। यो खर्चमा म्यानपावरलाई दिनुपर्ने सेवा शुल्क, भिजा शुल्क,  हवाई टिकटको शुल्क र स्वास्थ्य सुरक्षा परीक्षण गर्दा लाग्ने खर्च आदि समेटिएको छ। इमानदारी पूर्वक लागु भए अब मलेसिया जाने नेपाली कामदारले आफ्नो १५ दिनको तलब खर्च गर्दा पुग्छ। मलेसिया जाने कामदारले हाल औसतमा रु एक लाख तिर्ने गर्छन्। 

२ ) मलेसियामा काम गरिरहेका नेपालीले त्यहाँका नागरिक सरह नै तलब सुविधा र भत्ता पाउने छन्। अतिरिक्त काम गर्दा नियम बमोजिम 'ओभर टाइम' सुबिधा दिनुपर्ने हुन्छ। कामदारको बैंक खातामा हरेक महिनाको पहिलो हप्ता भित्र तलब भत्ता हाल्नुपर्ने ब्यवस्था गरिएको छ। साथैसाथै अब कामदारको तलबबाट 'लेवी'काटिने छैन। 

३) यसअघि मलेसिया जाने कामदारको करारपत्र ३ वर्ष रहँदै आएकोमा अब दुई वर्ष मात्र हुनेछ। अब दुई वर्ष काम गरेपछि कुनैपनि  कामदार आफुले चाहेमा घर फर्कन पाउनेछन्। खाडीका देशमा काम गर्न जाने कामदारको करारपत्रको अबधि पनि २ वर्षको हुन्छ। 

४) श्रम शोषण लगायतका हिंसामा परेको अवस्थामा नेपाली कामदार त्यहाँको श्रम अदालत जान पाउने छन् र मुद्दा  बिचाराधिन रहेसम्म सोही देशमा बस्न पाउने छन्। 

५) नेपाली कामदारले पनि मलेसियाली सरह दुर्घटना बिमा र स्वास्थ्य बिमा पाउने छन्। कुनै नजिकको  आफन्तको मृत्यु भएको खण्डमा कामदारले १४ बिदा पाउनेछन्। कामदारकै मृत्यु भएको खण्डमा सो कुराको जानकारी तुरुन्त नेपाली राजदूतावासलाई गराई, रोजगारदाताले शव घर पठाउन पर्नेछ। 

 

 

प्रकाशित: २६ कार्तिक २०७५ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App