काठमाडौं – शिवम् सिमेन्टले काठमाडौंका ट्याक्सी चालकलाई ज्याकेट उपलब्ध गराएको छ।
नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गरेको छ। उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम्ले पहिलो चरणमा दसैंको शुभकामना सहित एभरेस्ट क्याब सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ज्याकेट हस्तान्तरण गरेको हो।
कालोपुल वडा नं. ५ का वडाअध्यक्ष रमेश डंगोल तथा कम्पनीका सिनियर ब्रान्ड म्यानेजर केशव अर्यालले संयुक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय सञ्चालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवं वृक्षारोपण, सरसफाइ जस्ता काम गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १९ आश्विन २०७५ ०५:५९ शुक्रबार