२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्लासिक डायमन्डमा हीराको गहना किन्दा २५% छुट

काठमाडौं – क्लासिक डायमन्ड ज्वेलर्सले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा विशेष छुट अफर ल्याएको छ। यसअन्तर्गत हीराका गहना खरिद गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । त्यस्तै, गहना खरिद गर्ने प्रत्येक ग्राहकलाई ‘सरप्राइज गिफ्ट’ प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले काठमाडौंका न्युरोड र ललितपुरको पुल्चोकस्थित सोरुममा विशेष गहना प्रदर्शनीसमेत सञ्चालन गरिरहेको छ । प्रदर्शनीलाई लक्षित गरी नयाँ कलेक्सनसमेत लन्च गरिएको विज्ञप्तिमा छ।

असोज ७ गते (सेप्टेम्बर २३) बाट सुरु भएको प्रदर्शनी असोज मसान्त (अक्टोबर १७) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

सन् २००८ मा सेप्टेम्बर २६ मा स्थापना भएको कम्पनीले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि प्रत्येक दुई वर्षमा फेसन सो आयोजना गर्दै आएको छ । जसअन्तर्गत हालसम्म मिनिशा लाम्भ, जीनत अमन, शुष्मिता सेन, मनिषा कोइरालाजस्ता चर्चित कलाकारलाई प्रस्तुत गरिसकिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०७५ ०६:३२ बुधबार

क्लासिक_डायमन्ड हीरा गहना