१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनटी रिचार्ज होइन, अब नमस्ते रिचार्ज

काठमाडौ– नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ ब्रान्डमा उपलब्ध हुनेछन् । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने जनाएको छ।

कम्पनीले ५०, १००, २००, ५०० र हजार रुपैयाँका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
रिचार्ज गर्न नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवामा रिचार्ज गर्न सकिन्छ ।नेपाल टेलिकमले हाल रिचार्ज कार्डबाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरमार्फत यी सेवा प्रयोग गर्न सकिन्छ ।
 

प्रकाशित: १६ श्रावण २०७५ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App