१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शेयर बजारको समस्या समाधान गर्न समिति गठन

काठमाडौँ– सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ। पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले आज मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले पूँजीबजारमा देखिएको समग्र समस्या समाधान गर्ने लक्ष्यसहित समिति गठन गरिएको जानकारी दिए ।

शेयर लगानीकर्ताले सरकारले पूँजीगत लाभकर बढाएको भन्दै सोमबारदेखि आन्दोलनरत छन् । लगानीकर्ताको अवरोधका कारण म‌ंगलबार नेपाल स्टक एक्चेन्जमा कुनै पनि कारोबार नभएपछि अर्थमन्त्रालयले समिति गठन गरेको हो। (रासस)

प्रकाशित: २२ जेष्ठ २०७५ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App