१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अवैतनिक दूत चोग्याल सम्मानित

काठमाडौं - नेपालका लागि न्युजिल्यान्डका अवैतनिक वाणिज्य दूत तथा पर्यटन व्यवसायी लिजा चोग्याललाई न्युजिल्यान्ड सरकारले सम्मान गरेको छ । नेपालसँगको सम्बन्ध सुदृढ गर्न उल्लेख्य योगदान गरेको भन्दै न्युजिल्यान्ड सरकारले चोग्याललाई ‘न्युजिल्यान्ड अर्डर अफ मेरिट’ सदस्यका रूपमा सम्मानित गरेको हो ।

न्युजिल्यान्डको विलिङटनमा हालै आयोजित कार्यक्रममा त्यहाँका गभर्नर जनरल डेम पेट्सी रेड्डीले चोग्याललाई न्युजिल्यान्ड अर्डर अफ मेरिट सदस्यको तक्माले विभूषित गरेका थिए । यस्तो पदक त्यहाँको सरकारले प्रदान गर्ने उच्च पदकमध्ये एक हो । चोग्याल सन् २०१० देखि नेपालमा न्युजिल्यान्डको अवैतनिक दूत रहँदै आएकी छिन्।

२०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पमा फसेका न्युजिल्यान्डका नागरिकको खोजी र उद्धारमा चोग्यालले महत्वपूर्ण योगदान गरेकी थिइन् । त्यस्तै उनले भूकम्पपछिको पुनर्निर्माणका लागि न्युजिल्यान्डले नेपाललाई उपलब्ध गराएको सहयोग परिचालनमा पनि सहजीकरण गरेकी थिइन् । नेपालको दीगो पर्यटन, हिमालमा फसेका पर्वतारोही उद्धार र नेपालको सम्पदा संरक्षणमा चोग्यालले पु¥याएको योगदानको उक्त कार्यक्रममा प्रशंसा गरिएको थियो ।

‘लिजाले गएको एक दशकमा अवैतनिक वाणिज्य दूतका रूपमा न्युजिल्यान्डलाई विशिष्ट सेवा पुर्याएकी छिन्,’ नेपालका लागि न्युजिल्यान्डका राजदूत जोआना केम्प्कर्सले भनिन्, ‘हाम्रो सरकारले लिजालाई यो पदकबाट सम्मानित गर्दा म निकै सन्तुष्ट छु ।’ सगरमाथा आरोहणको ६५ औं वार्षिकोत्सव मनाउन यसै साता नेपाल आएका न्युजिल्यान्डका राजदूत जोआना केम्प्कर्स्ले चोग्याल ‘न्युजिल्याण्ड अडर अफ मेरिट’ पदकको सही हकदार रहेको विचार व्यक्त गरिन् ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App