१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

किङगफिसर बियर सार्वजनिक

काठमाडौं – युनाइटेड ब्रुअरिज लिमिटेडले यति ब्रुअरीसँग सहकार्य गरी किङफिसर  प्रिमियम तथा किङफिसर स्ट्रङ बियर नेपाली बजारमा ल्याएको छ । कम्पनीले शनिबार राजधानीमा एक कार्यक्रम गरी उक्त ब्रान्डको बियर सार्वजनिक गरेको हो।

युनाइटेड ब्रुअरिजले आफ्नो उत्पादन विभिन्न देसहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बजारमा पनि किङफिसर बियर ल्याएको हो।

युनाइटेडका प्रबन्ध निर्देशक शेखर राममूर्तिले भने, ‘किङफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्रान्ड हो । किङफिसरले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङफिसर प्रिमियम र किङफिसर स्ट्रङको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति ब्रुअरीसँगको सहकार्यले हामीलाई अझ बढी उत्साहित बनाएको छ।’

यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सर्राफले किङफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु बियर उद्योगका लागि नयाँ प्लेटफर्म भएको बताए।

‘किङफिसर दक्षिण एसियामा स्थापित भएको बियर ब्रान्ड हो । यस्तो स्थापित ब्रान्ड नेपालमा प्रस्तुत गर्न पाउँदा हामी खुसी छौं,’ उनले भने।

किङफिसरले उपभोक्तासँग आफूलाई रमाइलो तवरले जोड्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले किङफिसर स्ट्रङ गुणस्तरीय माल्टेड बार्ली र हप्सको प्रयोगबाट उत्पादन हुने जनाएको छ । स्वाद र गुणस्तरका कारण किङफिसर बियरको माग दिनानुदिन बढ्दै गइरहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार किङफिसर प्रिमियम तथा स्ट्रङ देशभर उपलब्ध छ । किङफिसर प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध छ।

यसको मूल्य दुई सय ७५ रुपैयाँ तोकिएको छ । ५०० एमएल क्यानको मूल्य दुई सय १० तोकेको छ । किङफिसर स्ट्रङ ६५० एमएल बोटलको मूल्य दुई सय ३५ र क्यान एक सय ८० रुपैयाँ तोकिएको छ। युनाइटेड ब्रुअरिज लिमिटेड ग्लोबल बियर लिडर हेनिकेट एनभीसँगको संयुक्त उद्यम हो।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App