काठमाडौं– एनआइसी एसिया क्यापिटलले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थालाई लगानी व्यवस्थापनसम्बन्धी निर्णय क्षमता अभिवृद्धि विषयमा एकदिने निःशुल्क कार्यशाला गरेको छ।
कार्यशालामा २० भन्दा बढी संख्यामा ‘ग’ वर्गका वित्तीय संस्थाका कर्मचारीको सहभागिता थियो । संस्थागत जोखिम न्यूनीकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नु पर्ने निश्चित मार्गचित्र, तथा समयसापेक्ष रुपमा लगानीका आधार परिमार्जन गर्ने तरिकामा कार्यशाला केन्द्रित रहेको एनआइसी एसिया क्यापिटलले जनाएको छ।
प्रकाशित: ४ जेष्ठ २०७५ ००:५५ शुक्रबार