१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिजीले ल्यायो ‘नगदमा गदगद’

काठमाडौं – चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले विभिन्न सामान खरिद गर्दा आकर्षक उपहार दिने ‘सिजी नगदमा गदगद’ अफर आइतबारबाट सार्वजनिक गरेको छ।

नयाँ वर्ष २०७५ मा आकर्षक पुरस्कारदेखि २० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । अफरअनुसार ४९ इन्चभन्दा माथिका टेलिभिजन खरिद गर्दा २.१ मोडेलको स्पिकर, २० देखि ४३ इन्चको टिभीमा २० प्रतिशत नगद छुट पाइने छ । त्यस्तै डबल डोर फ्रिजरमा केन्टको एग बोइलर, सिंगल डोरमा २० प्रतिशत छुट हुने छ।

सिजीका अनुसार एयरकन्डिसनमा निःशुल्क जडान, ट्रली स्पिकर तथा साउन्ड बारमा सिजीको टिसर्ट, माइक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ मेसिनमा सिजी इन्डक्सन र टपलोडिङमा सिजी आइरन पाइने छ ।

प्रकाशित: १९ चैत्र २०७४ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App