२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसीको ‘प्रिमियम समुन्नति बचत खाता’

काठमाडौं – एनआइसी एसिया बैंकले ‘प्रिमियम समुन्नति बचत खाता’ सञ्चालनमा ल्याएको छ। बैंकको कुनै पनि एटिएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ।

सो खातामा निःशुल्क भिसा डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवा, डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गर्ने बैंकले जनाएको छ। सो खाता खोली मोबाइल बैंकिङ सेवा लिएपछि एनटिसी वा एनसेलको एक सय रुपैयाँ बराबरको रिचार्ज कार्ड वा टप अप समेत निःशुल्क प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ८ चैत्र २०७४ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App