२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

२ सयले घट्यो सुनकाे मूल्य

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। हिजो प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज फेरि प्रतितोला दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। हिजाे प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: १३ वैशाख २०८१ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App