५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी एस २४ सिरिजको प्रि-अर्डर सुरु

सामसङको ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४+ र ग्यालेक्सी एस २४ को प्रि अर्डर सुरु भएको छ।

कम्पनीले ग्यालेक्सी एआईमा मोबाइलले नयाँ अनुभवहरू उपलब्ध गराउने बताएको छ। कम्पनीले यस सिरिजमा इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनका साथै रोकावटबिनाको कुराकानीदेखि ग्यालेक्सीको प्रो भिजुअल इन्जिनसम्म आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउन सक्ने सम्भावना र कुनै पनि प्रकारको जिज्ञाशाहरू सर्च गर्ने अथवा पत्ता लगाउने तरिकासमेत परिवर्तन गर्दै नयाँ स्ट्यान्डर्ड सेट गरेको बताएको छ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए आई नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट निर्माण गरिएको बताए।

प्रि-अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेल प्रिमियम नम्बर प्रति दिन ७० मिनेट अल नेट भोइस + ७०० एमबी + ७० एसएमएस ६ महिनाका लागि ३५०० रूपैयाँ निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आधिकारिक वेबसाइट र सामसुङ फोन स्टोरहरूमा प्रि अर्डर गर्न सकिने जनाएको छ। कम्पनीका अनुसार अफरहरू माघ २३ गतेसम्म वा स्टक रहँदासम्म मान्य रहने बताएको छ।

प्रकाशित: ७ माघ २०८० ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App