१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

क्यासलेस स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं– नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक ‘क्यासलेस स्वास्थ्य बिमा’ कार्यक्रम ल्याएको छ । मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले बिमा कार्यक्रमका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे।

स्वास्थ्य क्षेत्रमा क्यासलेस स्वास्थ्य बिमा कार्यक्रमले नेपालीहरूलाई आफ्नो स्वास्थ्यप्रति ढुक्क हुने वातावरण सिर्जना गर्ने अस्पतालले जनाएको छ । यस बिमाअन्तर्गत सेवा लिने ग्राहकले सिधै अस्पतालमा भर्ना भई लिएको सेवाको आधारमा उपचारको क्रममा लाग्ने ९० प्रतिशत इन्स्योेरेन्स कम्पनीले भुक्तानी दिने र १० प्रतिशतमात्र बिरामीले बेहोर्नुपर्ने ब्यवस्था सम्झौतामा उल्लेख छ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा वार्षिक एक हजार दुई सय ५० मा व्यक्तिले ५० हजार रूपैयाँसम्मको स्वास्थ्य सुविधा लिनसक्ने र एक हजार आठ सय ७५ भुक्तानी गरे परिवारले सोही रकम बराबरको स्वास्थ्य सुविधा लिन सक्ने उल्लेख छ।प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपाध्यायका अनुसार १० लाखसम्मको स्वास्थ्य सेवाका लागि व्यक्तिले २५ हजार र परिवार सबैको लागि ३७ हजारसम्म वार्षिक प्रिमियममा सुविधा लिन सक्नेछन् ।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App