२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

त्रिलोक पहिलो वित्तीय संस्था

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रधान कार्यालय राखेर त्रिलोक लघुवित्त वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको छ।

सुनवल–४ मा प्रधान कार्यालय राखी स्थापना भएको त्रिलोक जिल्लामै प्रधान कार्यालय रहेको पहिलो वित्तीय संस्था बन्न पुगेको छ ।
वित्तीय संस्थाले नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची,  स्याङ्जा,  कास्की र तनहुँ गरी १० जिल्लामा सेवा प्रवाह गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए।

बिना धितो गरिब र विपन्न समुदायमा सहुलियत ऋण उपलब्ध गराउने उद्देश्यसहित संस्थाले कारोबार अघि बढाएको छ । संस्थाको तीन करोड एक लाख रुपैयाँ चुक्ता पुँजी छ।   (रासस)

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:४८ मंगलबार

त्रिलोक पहिलो वित्तीय संस्था