१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एक अर्ब दुई करोड अनुदान

काठमाडौं, माघ २३ (रासस) – कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । कोरियाली सहयोग नियोग (कोइका) र उक्त विश्वविद्यालयले संयुक्त रूपमा आगामी पाँच वर्षभित्रमा सो परियोजना कार्यान्वयन गर्ने छन् ।

त्यस अवसरमा राजदूत पार्कले परियोजनाबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका जनाताको जीवनस्तरमा सकारात्मक परिवर्तत भई आर्थिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गर्दैै आएकामा हार्दिक आभार व्यक्त गर्दै उक्त मुलुकबाट विशेष गरी शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहायता प्राप्त भइरहेको बताए ।निजी क्षेत्रको अग्रणी विश्वविद्यालयका रूपमा स्थापित उक्त शैक्षिक प्रतिष्ठानले विज्ञान, प्रविधि र अन्वेषणका क्षेत्रमा दूरगामी महत्वका कार्य गर्ने अपेक्षा नेपाल सरकारले गरेको छ ।
 

प्रकाशित: २४ माघ २०७४ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App