१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सत्ती भन्सार कार्यालयले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजश्व

लगातार दुई महिना लक्ष्य भेटाउन नसकेको कैलालीको सत्ती भन्सार कार्यालयले मंसिर महिनामा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ। भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।

कार्यालय प्रमुख धनबहादुर शाहीका अनुसार मंसिर महिनामा एक करोड २४ लाख ४ हजार ३८७ रुपैयाँ सङ्कलन भएको छ। अघिल्लो दुई महिना भने कार्यालयले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकेको थिएन।

कात्तिक महिनामा लक्ष्यको नजिक पुगेको कार्यालयले असोज महिनामाभने ५७दशमलव ५० प्रतिशत राजश्वमात्रै संकलन गरेको थियो। कार्यालयले कात्तिकमा ९८ लाख १२ हजार रुपैयाँ र असोजमा एक करोड ८८ लाख ९ हजार रुपैयाँलक्ष्यप्राप्त गरेको थियो। कार्यालय प्रमुखशाहीकाअनुसार कात्तिकमा ९२ लाख ३५ हजार र असोजमा ६२ लाख ६१ हजार मात्रै राजश्व सङ्कलन भएको थियो।

कार्यालयले भदौ महिनामा समेत लक्ष्यभन्दाराजश्व सङ्कलन गरेको थियो। ९८ लाख७८ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य पाएकोमा कार्यालयले भदौमा एक करोड ११ लाख ८० हजार ९९२ रुपैयाँ सङ्कलन गर्न सफल भएको थियो। त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा७८ लाख १० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य पाएकोमा ७१ लाख ९ हजार ७५२ रुपैयाँमात्रै संकलनभएको थियो। यो लक्ष्यको ९१ दशमलव ०३ प्रतिशत मात्रै हो।

चालु आवमा कार्यालयले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्ने सम्भावना कम रहेको छ। अघिल्ला पाँच आर्थिक वर्षमाकार्यालयले एकमामात्रै लक्ष्यभन्दा बढी राजश्व संकलनगर्न सफलभएको देखिन्छ।

उसले आर्थिक वर्ष २०७७/०७८ मामात्रै ११ प्रतिशतबढी राजश्व संकलन गरेको छ। सो आर्थिक वर्ष कार्यालयले १४ करोड २३ लाख ४८ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य पाएकोमा १५ करोड ८३ लाख ७ हजार रुपैयाँ सङ्कलन गरेको थियो।  

आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य ९ करोड र सङ्कलन ५ करोड ६९ लाख ११ हजार रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य ७ करोड २९ लाख ७७ हजार र सङ्कलन ५ करोड ८० लाख ७ हजार रुपैयाँ भएको थियो।  

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य २० करोड ५८ लाख ६१ हजार र सङ्कलन १० करोड ६९ लाख ९३ हजार र आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य १६ करोड ९४ लाख ४१ हजार र सङ्कलन ७ करोड ५० लाख ४० हजार रुपैयाँ भएको कार्यालय प्रमुख शाहीले जानकारी दिए।

उनकाअनुसार चोरी तस्करी र क्वारेन्टाईनको अभावमा कार्यालयले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न समस्या भैरहेको छ। उनले जनशक्तिको अभावमा चोरी तस्करी नियन्त्रणमा समस्या भैरहेको बताए। उनले कार्यालयमा दरबन्दी अनुसारको जनशक्ति नरहेको जानकारी दिए।

उनकाअनुसार ६ जना सुब्बाको दरबन्दी भएपनि हाल दुई जनामात्रै कार्यरत छन्। उनी आफैले समेत सत्तीका अलावा बर्दियाको दुईवटा भन्सार कार्यालय समेत हेर्नुपर्ने बाध्यता रहेको छ।

छोटी भन्सार कार्यालयका रुपमा रहेको सत्ती भन्सार कार्यालय २०७५ सालमा मुल भन्सारमा परिणत भएको हो। यो कार्यालय कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ ।  

प्रकाशित: १० पुस २०८० ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App