काठमाडौं –बैंक अफ काठमाण्डूले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । ७६औं शाखा गल्छी र ७७औं शाखा मिर्चैयामा खोलेको बैंकले जनाएको छ।
बैंकका सञ्चालक राधेश पन्ततथागल्छी गाउँपालिकाकाअध्यक्ष कृष्णहरि श्रेष्ठलेगल्छी शाखाउद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।त्यसैगरी,मिर्चैया शाखाबैंकका सञ्चालक गाेविन्द रेग्मी र मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर शाहले उद्घाटन गरेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष ०७४-७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले ६९.१५ अर्ब निक्षेप परिचालन गरी ६२.३३ अर्ब रुपैयाँकर्जा प्रवाह गरेको छ। हाल बैंकले ७७शाखा, ६७ एटिएम, आठ एक्सटेन्सन काउन्टर तथा १७शाखारहित बिन्दुबाटसेवाप्रदानगरिरहेको छ।
प्रकाशित: १२ माघ २०७४ ०१:४३ शुक्रबार