४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शाहलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

नेपाल आयल निगमको निमित्त कार्यकारी नागेन्द्र शाह ।

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।

नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए। ‘थानी जीले राजिनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो,’ रिजालले भने, ‘वरिष्ठताका आधारमा शाहलाई निमित्तको जिम्मेवारी तोकेको हो।’ आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकार सहित शाहले निमित्तको जिम्मेवारी पाएका हुन्। निमित्त भएको बेला दीर्घकालीन महत्व राख्ने निर्णय गर्ने प्रचलन भने छैन।

निगमको नायब कार्यकारी निर्देशक पदमा कार्यरत शाह सबैभन्दा वरिष्ठ कर्मचारी हुन्। चाटर्ड एकाउन्टेन्ट शाहले निगमको अर्थ विभागको नेतृत्व गर्दै आएका छन्। सरल, मिजासिलो स्वभावका शाह निगम भित्र विवादमा नआएका बरिष्ठ तहका कर्मचारी हुन्। शाहले अर्थसँगै मानव संसाधन विभागको नेतृत्व समेत गरिसकेका छन्।

प्रकाशित: १ पुस २०८० १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App