२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

तस्बिर: गोविन्द केसी/नागरिक

 सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि  स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

लाटीकोईली युवा समाजको अगुवाइमा काँक्रेविहार जाने सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएको भन्दै सरोकारवालाहरूको ध्यान आकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो।

कालोपत्रेको काम सुरु नगरेर ठेकेदार भागेपछि धुलोले स्थानीयहरूको स्वास्थ्यमा दिनानुदिन प्रभाव पार्ने थालेसँगै पटक पटक यहाँ विरोध हुने गरेको छ। १८ महिनाभित्र सक्ने गरी काम सुरु भए पनि ३ वर्षसम्म सडक निर्माणको काम अलपत्र पारेपछि स्थानीयहरूले वीरेन्द्रनगर बजारमा विरोध गरेका हुन्।उनीहरुले सरोकारवाला निकायसंग छलफल कार्यक्रम समेत राखे। कालोपत्रेको काम बिचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए । सडक क्षेत्रभित्रका ३६ घर टहराहरू भत्काइएर सडक चौका गरेको थियो।

तर, कालोपत्रे नगरेर बिचैमा ठेकेदार भागेपछि ३ वर्षदेखि सडक अलपत्र भएको हो।सडक चौडा र प्रायः ग्राभेल समेत गरेको सडक कालोपत्रे हुन नसक्दा धुलोले स्थानीयहरूको स्वास्थ्य समेत बिग्रन थालेपछि सडकमै उत्रेर विरोध गर्नुपरेको स्थानीयहरू बताउँछन्।

कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको सडक अलपत्र परेसँगै स्थानीयहरूले विरोध गरेका हुन्।सडक पूर्वाधार निर्देशनालय सुर्खेतका अनुसार २५ मिटर चौडाइ, दुई मिटर फुटपाथ क्षेत्र बनाइने डिजाइनमा छ।१२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो।पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडक स्तरोउन्नति नगरेको भन्दै वीरेन्द्रनगरमा गरिएको विरोध प्रदर्शन। 

प्रकाशित: २१ मंसिर २०८० ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App