१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आन्तरिक राजश्व भैरहवाद्धारा सात सय ११ करोड रुपैंया राजश्व असुली

भैरहवा- रुपन्देही तथा आसपासका जिल्लामा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ। आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ।

गत साउनदेखि जेठ मसान्त सम्मका ११ महिनामा ७ अर्व ११ करोड ११ लाख ८१ हजार राजश्व संकलन भएको कार्यालयका प्रमुख महाराजाप्रसाद कोइरालाले जानकारी दिए। विभागले यो कार्यालयलाई जेठ सम्मका लागि  ६ अर्व ७५ करोड ८७ लाख ८९ हजार राजश्व संकलनको लक्ष्य दिएको थियो। कार्यालयले एघार महिनामा लक्ष्य भन्दा ३५ करोड २३ लाख ९२ हजार बढी राजश्व संकलन गरेको छ।

गतबर्षको तुलनामा राजश्व असुलीको बृद्धिदर ११ प्रतिशत रहेको कार्यालयका प्रमुख कोइरालाले बताए । गत बर्षको सोही अवधीमा यो कार्यालयले ६ अर्व ४० करोड ५२ लाख ९२ हजार राजश्व संकलन गरेको थियो।

श्रावण देखि जेठ सम्मका ११ महिनामा आयकर तर्फ ७८ करोड १० लाख ३२ हजार, मुल्य अभिबृद्धि कर (भ्याट) मा ६५ करोड १३ लाख ६५ हजार र अन्तशुल्क तर्फ ५ अर्व ६६ करोड ७९ लाख ८२ हजार राजश्व अशुली गरेको छ । बिभागले तोकेको लक्ष्यको तुलनामा मुल्य अभिबृद्धि कर भ्याटमा १५ प्रतिशत कम असुली भएको छ । अन्तशुल्क र आयकरमा लक्ष्य भन्दा धेरै असुली भएको छ । आयकरमा १६ र अन्तशुल्कमा ७ प्रतिशत बढी असुली भएको कार्यालयले जनाएको छ ।

 कार्यालयले व्याजकर बापत ३ करोड ९५ लाख,वहालकर तर्फ ३ करोड १० लाख, शिक्षा सेवा शुल्कको ८१ लाख ४१ हजार र स्वास्थ्य सेवा करतर्फ ३५ लाख ६१ हजार राजश्व संकलन गरेको छ । व्याजकर र स्वस्थ्य सेवामा लक्ष्य भन्दा कम असुली भएको छ भने शिक्षा सेवा र बहालकरमा तोकेको लक्ष्य भन्दा बढी असुली भएको छ ।

समग्रमा पछिल्ला केहीबर्ष यता रुपन्देहीमा राजश्व बृद्धिदर राम्रो रहेको र आगमी दिनमा अझ बढने कोइरालाले बताए । ‘अघिल्लो बर्षको नाकाबन्दी र मधेश आन्दोलन पछि लगानी सुरक्षाका लागि उपयुक्त स्थानको खोजीमा रहेका लगानीकर्ताहरु यता तर्फ आकर्षित भएका छन’ । ‘लगानी भित्रीरहेको छ’ कोइरालाले भने । उनका अनुसार नाकाबन्दी पछिको समयमा यो कार्यालयमा ८७ वटा ठुला र नयाँ उद्योग दर्ता भएका छन । ती उद्योग पुर्ण रुपमा संचालनमा आउदा त्यसले राजश्व असुली बृद्धिद्धरलाइ अझ माथि पुर्याउने छ । रुपन्देही र नवलपरासी दुइ जिल्ला हेर्ने यो कार्यालयमा हाल ४४ हजार ८१९ करदाता संख्या छन।

 

प्रकाशित: २५ असार २०७४ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App