४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’

भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत वडा ९ ताथलीमा एभोकाडो वितरण गर्ने र रोप्ने कार्यक्रमा सम्पन्न भएको छ।

अभियानका संयोजक नरेश खड्काका अनुसार ताथलीमा २ सय ६० घरपरिवारमा ५ सय २० वटा एभोकाडोको बिरुवा वितरण गरिएको थियो। एभोकाडोसँगै सबैभन्दा पहिला आउने १ सय जनालाई तेजपत्ताको बिरुवा समेत बाँडिएको उनले बताए।

अभियानमा एक्यवद्धता प्रकट गर्न ताथलीबासी समेत रहेका चागुनारायणका निवर्तमान नगरपालिका प्रमुख सोमप्रसाद मिश्र उपस्थित रहेका थिए। निवर्तमान नगरप्रमुख मिश्रले उक्त अभियानमा आफ्नो साथ र सहयोग रहने बताए। उनले चाँगुनारायणलाई स्वच्छ, सुन्दर र समृद्ध बनाउन चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान महत्वपूर्ण सावित हुने जनाए।

प्रकाशित: १० श्रावण २०८० ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App