३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

रावा बैंक कर्मचारी संघ ३५ औ वर्षमा

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३४ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन्। सोही अवसरमा महासचिव पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानका कर्मचारीको सेवा सुविधा वृद्धिमा सरकारले सहयोग गर्ने नीति लिनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए।

यस्तै पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरू एक हुनुपर्ने बताए।

प्रकाशित: ८ श्रावण २०८० ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App