१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर विमानस्थल वैशाख ३ देखि अांशिक बन्द हुने

काठमाडौं— मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वैशाख ३ देखि ३१ सम्म विराटनगर विमानस्थल अांशिक रुपमा बन्द गर्ने भएको छ।

धावनमार्ग सुधार तथा मर्मत गर्नका लागि विमानस्थल दिउँसो ३ बजेबाट बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। बिहानबाट दिउँसो ३ बजेसम्म भने विमानस्थलमा उडान–अवतरण यथावत सञ्चालन हुनेछन्।

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले सदस्य कम्पनीलाई उडान तालिका परिवर्तन गरी यात्रुलाई सहज यात्रा गराउन आग्रह गरेको छ।

प्रकाशित: ३० चैत्र २०७३ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App