४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्र्धन अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यवसायीले भारतका विभिन्न सहरमा प्रवद्र्धन अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्र्धन अभियान थालेको हो।  

प्रवद्र्धन अभियानले पोखरामा थप भारतीय पर्यटक भित्र्याउन सहज हुने अपेक्षा व्यावसायीको छ। नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीका अनुसार भारतीय सहर बिहारको पटना, उत्तरप्रदेशको वाराणासी, अयोध्या र गोरखपुरमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउन थालिएको हो। ‘सहजै नेपाल आउन सकिने गन्तव्यमा अहिले हामीले प्रवद्र्धन अभियान थालेका हौं’, अधिकारीले भने, ‘हुन त अहिले पनि भारतीय पाहुना पोखरा आएकै छन् तर संख्या अझै बढाउन सकिने अपेक्षा रहेको छ।’

पर्यटन प्रवद्र्धनको अभियान चलाउन पोखराबाट व्यवसायी भारततर्फ लागेका छन्। उनीहरूले भारतीय सहरमा व्यवसायीसँग छलफल, भेटघाट, व्यावसायिक अनुुभव आदान प्रदान, ट्राभल र टुर अपरेटरसँगको अन्तरक्रिया राखेका छन्। ‘नितान्त व्यावसायिक गतिविधिका लागि व्यवसायीले अभियान थालेका हुन्,’ उनले भने, ‘पोखराका लागि महत्वपूर्ण पर्यटन बजार भएकाले पनि हामीले ती सहरलाई रोजेका हौं।’

पोखराबाट नजिक र स्थलमार्गबाटै आउजाउ गर्न सकिने तथा यहीबेला भारतीय सहरमा अधिक गर्मी हुने भएकाले पनि पर्यटकलाई नेपाल बोलाउन त्यसतर्फ गएको उनले बताए। ‘हुन त अहिले पनि भारतीय पाहुना नेपाल आएका छन् तर यो संख्या अझै बढाउने अपेक्षा हो। यो बेला भारतीय पर्यटकको सिजन पनि हो,’ उनले भने, ‘कोरोना संक्रमणले थलिएको पर्यटन बजारमा भारतीय पाहुना थप्न सकियो भने यसले व्यवसायीलाई लाभ पुर्याउँछ भन्ने अपेक्षा हो।’प्रवद्र्धन अभियानका क्रममा त्यहाँका पर्यटन व्यावसायी मार्फत भारतीय पाहुनालाई पोखरा घुम्न आउनु भनेर निम्ता दिने पनि उनले बताए।

प्रकाशित: ५ वैशाख २०८० ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App