१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बाबा रामदेवको पताञ्जलीले नेपालमा एक लाख रोजगारी सिर्जना गर्ने

काठमाडौं— भारतीय योग गुरु रामदेवको पतञ्जली आयुर्वेदिक लिमिटेडका उत्पादन नेपालमा वार्षिक साढे १ अर्ब बराबर आयात हुने गरेको छ। नेपाल भ्रमणमा रहेका योगगुरु रामदेवले उक्तमूल्य बराबरको आयुर्वेदिक वस्तु आयात हुने जानकारी दिए। सन् २००५ देखि नेपालमा पतञ्जली आयुर्वेदिक लिमिटेडका उत्पादनको कारोबार हुँदै आएको छ।

नेपालमा आयुर्वेदको अत्यन्तै ठूलो सम्भावना रहेको भन्दै व्यावसायिक रुपमा सञ्चालन गर्न र नेपाली कच्चा पदार्थ प्रयोगमा ध्यान दिन आफ्नो कम्पनी लागिपर्ने उनले बताए।

नेपालजस्ता कमजोर अर्थतन्त्रभएको मुलुकमा आफ्ना उत्पादन सस्तोमा बिक्री गर्दै आएको उनले जानकारी दिए। ‘युरोप तथा अमेरिकाजस्ता मुलुकबाट लिइएको नाफाबाट नेपाल, बंगलादेश तथा अफ्रिकाका कमजोर अर्थतन्त्र भएका मुलकमा व्यवस्थापन गर्ने गरेका छौं ।’

‘नेपालमा आयुर्वेदिक उत्पादनको बजार तथा कच्चा पदार्थको राम्रो सम्भावना छ,’ उनले भने,‘हामीले छिट्टै नेपालमा आयुर्वेदिक तालिम केन्द्र सञ्चालन गर्नेछौं ।’

आयुर्वेदबाट नेपालको आर्थिक वृद्धि र रोजगारी बढाउन यही उद्योग स्थापना गरिने उनले बताए।‘नेपालका कृषि तथा जडीबुटीलाई प्रशोधन केन्द्रबाट उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने,‘नेपालका जडीबुटी उपयोग गर्दै अर्थोपार्जन र लाखौंलाई रोजगारी प्रदान गरिने छ।’

रामदेवले आफ्नो कम्पनीमा २ अर्ब ५० करोड बराबरको लगानी रहेको बताउँदै लगानी वृद्धि गर्दै ५ अर्ब पुर्‍याउने लक्ष्य रहेको जानकारी गराए। आफ्नो कम्पनीबाट विश्वभरका २ लाखले रोजगारीप्राप्त गरेको उनको भनाइ छ। ‘आयुर्वेदमा सिमेन्ट, फलामका कम्पनीमा जस्तो धेरै लगानी हुँदैन,’ रामदेवले भने, ‘विस्तारै लगानी गर्ने र विश्वव्यापी बनाउँदै लगिनेछ।’

नेपालजस्ता कमजोर अर्थतन्त्रभएको मुलुकमा आफ्ना उत्पादन सस्तोमा बिक्री गर्दै आएको उनले जानकारी दिए। ‘युरोप तथा अमेरिकाजस्ता मुलुकबाट लिइएको नाफाबाट नेपाल, बंगलादेश तथा अफ्रिकाका कमजोर अर्थतन्त्र भएका मुलकमा व्यवस्थापन गर्ने गरेका छौं।’

आयुर्वेद र योग विश्वको आवश्यकता भएको भन्दै नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक विकासमार्फत थप मजबुत बनाइनुपर्ने बताए। ‘नेपाल र भारतको आर्थिक, भौगोलिक तथा आध्यात्मिक सम्बन्ध छ,’ उनले भने,‘नकारात्मकतत्वले दुई देशबीचको सम्बन्ध धमिल्याउन खोज्यो तर सफल भएन।’ त्यो नकारात्मक तत्व के हो भन्ने बाबाले खुलाएनन्।

यतायोग समिति नेपालका प्रमुख लवदेवका अनुसार नेपालमा आयुर्वेदको बजार फस्टाउँदै गएको छ। नेपालमा आयुर्वेद र योगको माग नेपाली उत्पादनले नधानेको बताए। उनले पतञ्जलीका उत्पादनले आयुर्वेदिक बजारको ठूलो हिस्सा ओगटेको जानकारी दिए।

‘नेपालमा आयुर्वेदक उद्योग र शिक्षा दुवैको फस्टाएको छ,’ प्रमुखल वदेवले भने, ‘अब नेपालमा आयुर्वेदका उद्योग सञ्चालन गरिँदै लगिनुपर्छ।’ उनले रामदेवको नेपालबसाइबारे जानकारी दिँदै बुधबार वीरगन्जमायोग प्रशिक्षण गर्ने कार्यक्रम रहेको बताए।

बिहीबारै वीरगन्जमै स्थापनाभएको पतञ्जलीआयुर्वेद प्रालिको उद्‌घाटन गर्ने कार्यक्रम छ। राष्ट्रपति विद्यादेवी भण्डारी र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले विहान ५ बजेउद्घाटन गर्ने कार्यक्रम छ।

रामदेवले नेपाल बसाइका क्रममा नवलपरासी, चितवन, राजविराज लगायत विभिन्न विद्यालय र संघ–संस्थामा प्रवचन दिने कार्यक्रमछ। मंगलबार नेपालआएका रामदेव मंसिर १३ गते फर्किने छन्।

पोहोर वैशाखको विनाशकारी भूकम्पले रामदेवको योग कार्यक्रम विफल भएको थयो। रामदेव २०६४ सालमा पनि नेपाल आएका थिए।

प्रकाशित: ८ मंसिर २०७३ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App